अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, मंसिर १२ गते।
मंसिर १४ गते उपनिर्वाचन हुन लागेको वडा नं.१६ मा आज विहान बम बिस्फोट भएको छ ।फुर्तीचोक देखि वडा कार्यालय जाने सडक खण्डको खेतमा बम बिस्फोट भएको हो । स्थानीय सुमित्रा रसाइले विहान ३:३० बजेदेखि ठूलो आवाज आएपछि स्थानीय सबै त्रसित भएको बताइन् । बम बिस्फोटको आवाज सुनेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीयका अनुसार बम बिस्फोट भएको स्थानमा टायरका टुक्रा र सिलिण्डका टुक्राहरु भेटिएको छ । बम कसले पड्काएको भन्ने बारे एकिन भएको छैन । चितवन प्रहरीले भने सो क्षेत्रमा कुनै बम बिस्फोट नभएको दाबी गरेको छ ।