अनलाईन न्युजपाटी,गुल्मी,समाचारदाता, मंसिर १२ गते।
२६ किलो लागूऔषध चरेससहित गुल्मीबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराका ३३ वर्षीय बालाराम पुन रहेका छन् ।गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट पुनलाई २६ किलो चरेससहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले प्युठानबाट गुल्मी तर्फ ल्याउँदै गरेको अवस्थामा सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिएको घलेले बताए ।पक्राउ परेका पुनलाई लागूऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको घलेले बताए ।