कटुवा पेस्तोलसहित उदयपुरबाट एक जना युवक पक्राउ

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर १२ गते।

कटुवा पेस्तोलसहित उदयपुरबाट एक जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–३ का १९ वर्षीय मनोज खत्री रहेका छन् । सातपत्रेबाट रामपुर तर्फ जादै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकेर खत्रीले ट्याक्टरमा काम गर्ने सोही स्थानका १८ वर्षीय बिश्व खड्कालाई हातपात गर्दै कटुवा पेस्तोल देखाएको सूचनाको आधारमा प्रहरीले खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।घटनामा थप एक जनाको समेत संलग्नता रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि उक्त व्यक्तिको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *