अल्बानियामा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३५

अनलाईन न्युजपाटी, मंसिर १२ गते।

एजेन्सी: पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ। ठूलो संख्यामा जनधनको क्षति भएको र उद्दार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ। अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धारको कार्य जारी रहेको छ। मंगलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए। अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाएका थिए। उनले भूकम्पका कारण  भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए। रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरेका थिए। अल्बानियामा खोज तथा उद्धारका लागि इटाली र टर्कीका पनि उद्धारकर्मी परिचालन गरिएको छ। अल्बानियाली उद्धार निकायले आफ्ना उद्धारकर्मीहरु चौबिसै घण्टा काममा जुटेको बताएको छ। अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ। यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन्।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *