अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर १४ गते।
पोखरामा फेरि अर्को बम बिस्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै बम बिस्फोट भएको हो ।यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयमा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो।