गढीमाई मन्दिरमा जारी मेलामा दर्शनार्थीहरुको चहलपहल

अनलाईन न्युजपाटी,बारा,समाचारदाता, मंसिर १४ गते।

बाराको गढीमाई मन्दिरमा जारी मेलामा दर्शनार्थीहरुको चहलपहल बढेको छ ।गत मंसिर एक गतेबाट सुरु भएको एक महिने मेलामा अहिले दैनिक करिब एक लाख दर्शनार्थीहरु आउनेगरेको मन्दिरका पुजारी मंगल चौधरीले बताए ।चौधरीका अनुसार एक सातायता दर्शनार्थीहरुको चहलपहल दिनहुँ बाक्लो हुँदै गएको छ । मंसिर १७ र १८ गते बलिको साईत भएकाले उक्त समयमा यो संख्या झनै बढ्ने उनले बताए । यता मेला मुल ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहाले मेलामा आउने दर्शनार्थीहरुको सुबिधालाई मध्यनजर गर्दे ब्यवस्थापन तिब्र पारिएको बनाएका छन् । मेला अवधिभर करिब एक करोडको हाराहारीमा दर्शनार्थीहरुले मन्दिर दर्शन गर्ने अपक्षा गरिएको भन्दै उनले सोही संख्यालाई मध्यनजर गर्दै ब्यवस्थापन कार्य गरिएको बताएका हुन् ।७२ सदस्यीय मेला ब्यवस्थापन मुल समिती र सोही मातहत रहनेगरी बिभिन्न शिर्षकमा उपसमिती निर्माण गरि ब्यवस्थापन जिम्मा लगाईएको कुशवाहाले बताए । ‘मुल समिती मातहतका १६ वटा अन्य उपसमितीहरु छन्, बिभिन्न शिर्षकमा बनाईएका उपसमितीले शिर्षकअनुसारको ब्यवस्थापन जिम्मेवार सम्हालिरहेका छन् ।’ उनले भने हाट बजार ब्यवस्थापन उपसमिती, मनोरञ्जन उपसमिती, बिद्युत, बाटोघाटो लगायत शिर्षकहरुमा उपसमिती गठन गरि काम भैरहेको सचिव कुशवाहाले बताए । खानेपानी, शौचालय, बिद्युत, बासस्थान, चिसो मोसममा दर्शनार्थीलाई आगो ताप्ने दाउरा, लगायत गरि बिगतका तुलनामा यस बर्षको मेला निकै ब्यवस्थित भएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *