विवाहपञ्चमी महोत्सवको पाँचौदिन आज राम र जानकीको मटकोर

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर १४ गते।

विवाहपञ्चमी महोत्सवको पाँचौदिन आज राम र जानकीको मटकोर गरिदैँछ । आज दिउँसो जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।बाजागाजा सहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने समाजिक अभियन्ता तथा प्रदेश सांसद रामअशिष यादवले जानकारी दिए ।मटकोटर सकिएपछि भोली आईतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ ।मंसिर १० गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर , भोली आईतबार छैठौं दिन राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।यस वर्ष विवाहपञ्चमीमा प्रत्येक पाँच वर्षमा भारत उत्तर प्रदेशको अयोधयबाट आउने रामको जन्ती यसवर्ष समेत आएका छन् । विवाहपञ्चीमा सहभागि हुन दर्शनार्थी तथा तीर्थ यात्रीहरु जनकपुर आउने क्रम जारी छ । विवाहपञ्चमीलाई लक्षित गरी जनकपुरको सुरक्षा व्यवस्था कडा गरिएको छ । त्रेता युगमा भगवान राम र सीताबिच मंसिर शुक्ल पञ्चमीमा भएको विवाहको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष धुमधामसंग सीताराम विवाहपञ्ची महोत्सव मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *