डोटीमा दुई बम फेला

अनलाईन न्युजपाटी,डोटी,समाचारदाता, मंसिर १४ गते।

डोटीमा दुई बम फेला परेका छन् । ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपिलिका २ कुचेडा गाउँमा बम फेला परेका हुन । शुक्रबार राती करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो । जसलाई राती नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको छ । यस्तै शनिबार बिहान करिब आठबजेतिर एक किरोमिटर टाढा अर्को बम फेला परेको प्रहरीले जनाएको छ । जस्लाई डिस्पोजल गर्न अर्को टोली परीचालन गरिएको छ ।  आदर्श गाउँपालिका २ मा वडाध्यक्षका लागि शनिवार मतदान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *