एक नेपाली र एक भारतीय हुण्डी कारोबारी पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर १४ गते।

सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुर चौक स्थित भारतबाट नेपाली रुपैयाँ ११ लाख ल्याउदै गरेका एक नेपाली र एक भारतीय हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेका छन् ।
अस्थायी प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतको लौकाहाबाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्नेक्रममा भारत मधुवनी जिल्ला लौकाहा पंचायत वडा नं. १२ को ३० वर्षिय अशोक कुमार झाको साथबाट नेपाली रुपैया रु २ लाख र सिरहा भगवानपुर गाउँपालिका ४ बस्ने ३० वर्षिय रामशंकर यादवको साथबाट नेपाली रुपैया रु ९ लाख गरी जम्मा ११ लाख सहित पक्राउ परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *