दाङको घोराहीबाट झन्डै १४ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ

अनलाईन न्युजपाटी,दाङ्ग,समाचारदाता, मंसिर १५ गते।

दाङको घोराहीबाट झन्डै १४ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।मजदुरीका लागि भारत गएको बेला लुटेर ल्याएको भारतीय रुपैयाँसहित घोराही उपमहानगरपालिका–१२ टिकरीका विशाल भनिने गोकर्ण बहादुर विक पक्राउ परेका हुन् ।भारतको हरियाणा राज्यको चरसीदादरीमा घरेलु कामदारका रुपमा काम गर्ने विकले भारतीय रुपैयाँ लुटेर भागेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनको साथबाट ५ सय दरका १८ सय थान, २ सय दरका १ हजार ५ सय ९९ सय थान, १ सय दरका १ हजार ५ सय ९९ थान, ५० दरका २ सय थान र १० दरका १ सय ४७ थान गरी १३ लाख ९१ हजार १ सय ७० भारतीय रुपैयाँ बरामद भएको हो ।यस्तै उनले नेपाली रुपैयाँमा सटही गरेको ७७ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।प्रहरीले पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *