महेशपुरपतारी हिरासतबाट भागेका ७ जना थुनुवामध्ये ३ जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर १८ गते।

सिरहा इलाका प्रहरी कार्यालय महेशपुरपतारी हिरासतबाट भागेका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नरहा गाउँपालिका १ का १८ वर्षीय नविनकुमार यादवलाइ र गोलजबार नगरपालकिा ६ का २० वर्षीय गणेशकुमार साहलाई बडियारपट्टी नजिकैको भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको  हो ।थुनुवा भागेको प्रकरण छानबिन गर्न दुई नम्बर प्रदेश प्रहरीका एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ । मंसिर १४ गते बेलुका खाना खुवाउने क्रममा ८ बजे बन्दीहरु  हिरासतबाट भागेका थिए ।त्यसमध्ये एक जनालाई तत्कालै गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए । बाँकी सातजनामध्ये ३ जनालाई मंगरबार राति नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *