विराटनगरस्थित घाँस चौकबाट ७ हजार रुपैयाँ घुस माग्ने प्रहरीको सिआरभी टोलीका असई श्यामकुमार दाहाल पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर १८ गते।

भारतबाट आयात गरिएको तरकारीको चेकजाँच नगर्ने भन्दै ७ हजार रुपैयाँ घुस माग्ने मोरङ प्रहरीको सिआरभी टोलीका असई श्यामकुमार दाहाल पक्राउ परेका छन् ।दाहाललाई घुससहित अख्तियारको टोलीले विराटनगरस्थित घाँस चौकबाट पक्राउ गरेको हो । विराटनगरको गुद्रि बजारमा व्यापारीलाई तरकारी चेकजाँच नगर्ने सर्तमा ७ हजार रुपैयाँ घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार दाहाललाई घुस रकमसहित पक्राउ गरेको हो ।मोरङ प्रहरी अन्र्तगत केसलिया रोडमा राखिएको सिआरभीका कमाण्डर रहेका असई दाहालको नेतृत्वमा ११ जनाको टोली रहेको छ । भारतबाट आयत भएको तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए ।दाहालले तरकारी व्यापारीसँग घुस मागेपछि उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ । इलामबाट सरूवा भएर दुई महिना अगाडी जिल्ला प्रहरी कार्यालय मोरङ आएका दाहाललाई केसलिया सिआरभीको जिम्मेवारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *