अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर १९ गते।
डकैतीका अभियुक्तसँग सम्पर्क देखिएको अभियोगमा डीएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।अपराध अनुसन्धान महाशाखाका अधिकृतले २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेपछि गत २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।निलम्बनको विषयमा ६ महिनाभित्र निर्णय गर्ने भएपनि ढुंगेलको हकमा ७ महिनापछि पक्राउ पूर्जी जारी भएको हो ।पहिले ढ्रुगेलविरुद्ध पक्राउ पूर्जी जारी गर्ने प्रस्ताब बदर भएपनि अहिले सदर गरि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा पक्राउ पूर्जी आएको प्रहरी श्रोतले जनाएको छ । ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेको छ ।