गुल्मीमा विद्यालय जान हिडेकी बालिका बलात्कृत

अनलाईन न्युजपाटी,गुल्मी,समाचारदाता, मंसिर २० गते।

गुल्मीमा विद्यालय जान हिडेकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु गाउँपालिकाकी १० बर्षिय बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएकी हुन् ।बलात्कार गरेको आरोपमा रुरु गाउँपालिका ३ का भोज बहादुर सार्कीलाई बिहिबार साझँ प्रहरीले पक्राउ गरेको छ । सार्की पेशाले सवारी चालक हुन् । बालिकालाई विद्यालय पुर्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *