सिरहामा ५ लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित ४ जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर २१ गते।

सिरहामा ५ लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका-९ बस्ने वर्ष ३२ को उमेशकुमार महरा, सिरहाकै लहान- १९ बस्ने वर्ष २९ को जिवछकुमार यादव, लहान- २० बस्ने वर्ष ४० को श्रीदेव महतो र सुनसरी रामध्वनी– ९ बस्ने वर्ष २९ को श्रवणकुमार चौधरी रहेका छन् ।गोप्य सूचनाको आधारमा भगवानपुर गाउँपालिका १ बाट पक्राउ परेका उनीहरूको साथबाट अवैध भारतीय रुपैयाँ ५ लाख २९ हजार, नेपाली रुपैयाँ ४९ हजार बरामद भएको सिरहाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको फाती कार पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *