पार्किंग गरेको बस खोलामा खस्यो एकको मृत्यु, चार गम्भीर घाइते

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर २२ गते।

लमजुङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ।

लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरूङका अनुसार बिहान सात बजेतिर प्रहरी चेक पोष्ट नजिकैबाट बस करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले अनलाईन न्युजपाटीलाई बताएको छ।

गभ्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ। कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्ज भएका छन्। १ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार बसमा १२ जना यात्रु थिए। बसका चालक तनहुँको भन्सारका कृष्णबहादुर आले भने गाडी छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले  बताएको छ। रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले  अनलाईन न्युजपाटीलाई जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *