जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर वरिपरिको निषेधाज्ञा हटाए

अनलाईन न्युजपाटी,बाके,समाचारदाता, मंसिर २४ गते।

जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर वरिपरिको निषेधाज्ञा हटाएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावका कारण लगाइएको निषेधाज्ञा मंगलबार बिहान साढे १० बजेदेखि हटेको हो । प्रशासनले पूर्वमा चप्परगौँडी¸ पश्चिममा किरण नाला¸ उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म निषेधाज्ञा जारी गरेको थियो।कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार कोहलपुर तनावग्रस्त रह्यो। सबै विद्यालय सोमबार बन्द गराइएको थियो।त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *