मजदुर आत्महत्याको विरोधमा मारुती सिमेन्टमा विरोध प्रदर्शन

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर २५ गते।

मजदुर आत्महत्याको विरोधमा मारुती सिमेन्टमा विरोध प्रदर्शन सुरु भएको छ ।२ वर्षदेखी कार्यरत २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेपछि विरोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले पूरवपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *