उदयपुरमा एक सय १२ केजी अवैध गाँजा बरामद

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर २६ गते।

उदयपुरमा एक सय १२ केजी अवैध गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा नेपाल सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज ओसार पसार हुँदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प रामपुरबाट खटेका प्रहरी टोलीले मंगलबार सो परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । सेतो प्लाष्टिक भित्र कुनै गन्ध नआउने गरी प्याक गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरु प्रहरीलाई देखेपछि गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।फरार व्यक्तिहरुलाई खोजतलास भईरहेको छ भने बरामद गरिएको गाँजा कानुनी प्रक्रिया पुरा गरी ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *