अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर २६ गते।
सिरहामा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरहा जिल्लाको लहान नगरपालिका- ५ बलुवाका २२ वर्षीय उपेन्द्र सदा रहेको सिरहाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए।सदालाई बुधबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा बरियारपट्टी गाउँपालिका-३ दुर्गा मन्दिरबाट पक्राउ गरेको थियो।सदालाई लागुऔषध डाईजेल्याप ३८ पिस, नरफिन ३९ पिस, फेनारगन ३७ पिस र नाईट्रोजन ६ ट्याब्लेटसहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।सदालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको सिरहा प्रहरीले जनाएको छ।