चितवन रत्ननगरमा यात्रु बस पल्टँदा २२ यात्रु घाइते

अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, मंसिर २७ गते।

पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा शुक्रबार राति पौने ११ बजे यात्रु बस पल्टँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको भरतपुरमा रहेको पुरानो मडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य यात्रुहरु उपचारपछि घर फर्केका छन् । बाराबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४७५५ नम्बरको बस अनियन्त्रित भएर राजमार्गमा पल्टेको प्रहरीले जनाएको छ । उपचाररत ४ घाइतेहरुमा बारा कलैया–२ का वर्ष ३५ को गौरीशंकर यादव र वर्ष २४ को रामबाबु यादव छन् । बारा गढीमाई नगरपालिका–१ का ४४ वर्षीय मनोज साह र भारत मोतिहारी बस्ने वर्ष १८ का खुसीलाल यादवको पनि उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाका अनुसार बसमा ४२ यात्रुहरु थिए । सकुशल अन्य २० यात्रुहरु तत्कालै गन्तव्य तर्फ लागेका थिए । घाइते २२ मध्ये १८ जनाको टाँडीमा रहेको बकुल्लहर सरकारी अस्पतालमा उपचार भएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेका कारण सबै डिष्चार्ज भइसकेको कोइरालाले बताए ।बसका चालक फरार रहेको डिएसपी कोइरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *