दस किलो चरेससहित मकवानपुरबाट दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर २७ गते।

दस किलो चरेससहित मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका-७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका-१ का सुत्लान मिया अन्सारी छन्।प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका-२ बाट बिहीबार अपराह्न पक्राउ गरेको हो।बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट १० किलो २५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चारपाटे आकारको दस वटा पोकामा राखिएको अवस्थामा फेला परेको उक्त चरेस र पक्राउ व्यक्तिमाथि अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम यस्तो कसूर स्थापित हुन आएमा दुई देखि दस वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *