सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर २८ गते।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको छ । घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए । मंसिर १३ गते पनि सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै अज्ञात समूहले कुकर बम राखेको थियो । सो बम नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *