गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,गुल्मी,समाचारदाता, पौष ५ गते।

गुल्मीको इस्मा गाउँपालिका–३ स्थित नयाँ पोखरामा आज राति एक गोठ जल्दा एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष तोयानाथ सापकोटाले गोठ जल्दा स्थानीय ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको जानकारी दिए ।  उनका अनुसार स्थानीय चिन्ताबहादर नेपालीको गोठमा नरबहादर राति आएर सुतेका थिए ।गोठमा बाँधिएका एक हल गोरु र एउटा भैंसीसमेत जलेका छन् ।थप अनुसन्धान गर्न प्रहरी निरीक्षक राजकुमार रावलको टोली घटनास्थलमा पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *