पोखरामा ठुलो मात्रामा लागूऔषध र नगदसहित ४ जना पक्राउ

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, पौष ५ गते।

पोखरामा ठुलो मात्रामा लागूऔषध र नगदसहित ४ जना पक्राउ  परेका छन् ।पोखरा – २७ हमालचोकबाट बिहीबार ६ सय थान लागूऔषध, ११ हजार ४० भारतिय रुपैया र ३ हजार २ सय ४५ नेपाली रुपैयासहित ४ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा  रुपेन्देही गैडहबा – ८ की ३६ बर्षिया गौमती सुनार, सिदार्थनगर – १ बेकहियाका  २६ बर्षीय प्रकाश पुन, भारत नौतुनहवा पोष्ट अड्ड् बजारका २८ बर्षीय महबुब आलम र ३४ बर्षीय बालेश्रर प्रजापती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अनोज बि.क. ले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट  डाईजापाम २ सय  एम्पुल ,फेनेरागन २ सय एम्पुल र नर्फिन २ सय एम्पुल गरी जम्मा ६ सय एम्पुल लागूऔषध बरामद गरेको हो ।पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *