उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, पौष ५ गते।

उदयपुरको त्रियुगा नगरपालिका बरुवा बसपार्क नजिक शुक्रबार साँझ ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्क नजिकको बरुवा खोला जानेबाटोमा स.१ त ६८०० नम्बरको ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी १६ वर्षिय परवेज अलि मियाँको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार मदन भण्डारी राजमार्गको २५ मिटर मुनी बरुवा खोला जानेबाटोमा ट्याक्टरबाट लडी पछाडीको चक्काले किचेर मृत्यु भएको बताए । घटनाको अनुसन्धानको लागि ट्याक्टर र ट्याक्टर चालक जिल्ला प्रहरी कार्यालय उदयपुरमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *