धनगढीमा कार नियन्त्रणमा लिएर लुटपाट गर्ने ६ युवक पक्राउ

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष ८  गते।

कैलालीको धनगढीवाट अत्तरिया तर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।गोदाबरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टको साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह रहेका छन् । उनीहरु विरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ । उनीहरुले धनगढी आउँदै गरेका बिस्कुट फ्याक्ट्रीका कर्मचारी सुमित भट्टको कार रोकी रड देखाएर मोवाईल लगायतका सामान लुटेका थिए। लुटपाट भए लगतै प्रहरीको एक सय नम्बरमा भट्टले जानकारी गराएका थिए। तत्कालै जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी विट चटकपुरका प्रहरी सहायक निरिक्षक गजेन्द्र चन्दको नेतृत्वमा खटिएको संयुक्त टोलीले धनगढी क्षेत्रबाटै उनीहरुलाई राती नै पक्राउ गरेको हो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *