नागढुंगाबाट चेक जाँचको क्रममा बहुमुल्य वनस्पति यार्सागुम्बासहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ८  गते।

नागढुंगाबाट चेक जाँचको क्रममा बहुमुल्य वनस्पति यार्सागुम्बासहित तीन जना पक्राउ परेका छन्।विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले नागढुंगामा चेकजाँच गर्दा ४.२४५ केजी यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरेको हो।महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भारतीय युके ०४ टिबी १९६७ नम्बरको मारूती कारबाट सो परिमाणमा यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरिएको बताए। उनका अनुसार पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक रहेका छन्।पक्राउ पर्नेमा दार्चुला जिल्ला दुहम गा.पा-५ बस्ने ४८ वर्षीय गर्जे सिंह महरा, भारत उतराखण्ड, जिल्ला चमौलि, पोष्टअफिस लत्ता, ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रम सिंह र भारत उतराखण्ड, जिल्ला चमौलि,पोष्ट अफिस उर्गम, ग्राम सल्ना बस्ने ३२ वर्षीय हरिश सिह रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *