अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष ८ गते।
लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनगढी उप महानगरपालिका वडा नम्बर ८ बाट लागु औषध सहित स्थानीय सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।खैरो हेरोइन र नाईट्रोभेट जस्तो देखिने बस्तु सहित उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।विशेष सूचनाका आधारमा दुई ग्राम १० मिलीग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ र नाईट्रोभेट जस्तो देखिने १२ ट्याब्लेट सहित भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। उनी विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।