अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, पौष ८ गते।
स्कुल बसको ठक्करले पोखरामा एक अभिभावकको मृत्यु भएको छ ।पोखरा १७ पार्दी स्थित बालोदय बोर्डिङ स्कुलको बसले विद्यालयमा अध्यनरत बिद्यार्थीका अभिभावक पर्वत कुश्मा घर भई हाल पोखरा बस्दै आएकी २६ बर्षीया सरिता पौडेल लाई पार्दीमा ठक्कर दिँदा उनको मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कक्षा १ मा अध्यनरत आफ्नी छोरीलाई मंगलबार बिहान स्कुल बसमा चढाउन आएकी पौडेलले छोरीलाई बसमा चढाएसंगै ढोकामा चिप्लेर लड्न पुग्दा ग१ख २४९९ नम्बरको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट अभिभावक पौडेलको घटनास्थल मै मुत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सहायक प्रहरी निरीक्षक बाबुराम केसीले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।स्कुल बस चालक धरान सुनसरीका रविन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।