गोली हानेर हत्या गरेका एक फरार अभियुक्त सिरहाबाट ३२ वर्षपछि पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पौष ८  गते।

गोली हानेर हत्या गरेका एक फरार अभियुक्तलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका २० लगडी गदियानीका ६८ वर्षीय हिरबा सहनी छन् ।घरमा लुकेर बसेको अबस्थामा कर्तब्य ज्यान मुद्दाका प्रतिवादी सहनीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाउँदा कैद भुक्तानका लागि कारागार चलान गरिएको सिरहा प्रहरीले जनाएको छ । कर्तब्य ज्यान मुद्दामा अदालतले उनलाई ३० वर्ष कैद सजाय सुनाएको थियो । प्रहरीका अनुसार साविकको कृष्णपुर गाविस ८ का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी कर्तब्य गरी मारेको थियो । साथै सिरहा नगरपालिका १९ स्थित गागन खोलामा ५/६ महिनाकी जाहेरवालाको नातिनीलाई पनि कर्तब्य गरी मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *