इलाममा आफ्नै घाँटी रेटेर आत्महत्या

अनलाईन न्युजपाटी,इलाम,समाचारदाता, पौष ९  गते।

इलामको माई नगरपालिका–५ दाहालटारका ४८ वर्षीय रामबहादुर शंकरले आफूले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् ।बुधबार बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उक्त खबर प्राप्त भएसँगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो ।हाल उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले यस विषयमा अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *