सुनसरीमा प्रहरीकै मोटरसाइकल चोरी

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, पौष ९  गते।

सुनसरीमा प्रहरीकै मोटरसाइकल चोरी भएको छ । सुनसरीको भोक्राहा प्रहरी चौकीको बा २ ब ५६३९ नम्बरको अपाचे मोटरसाइकल सोमबार राती चोरी भएको हो ।
राती ११ बजेको समयमा भोक्राहा चौकीका प्रहरी सवार मोटरसाइकल चिरौली चोकबाट हराएको हो ।प्रहरी चौकीका इन्चार्ज मोहन कार्कीका अनुसार झगडाको खबर पश्चात प्रहरी चिरौली पुगेको थियो । मोटरसाइकल बिगे्रपछि बाटो छेउमा राखेर झगडा भएको स्थानमा पुगेर फर्किदा राखेको ठाउँमा मोटरसाइकल नभेटिएको कार्कीले बताए । कार्कीले मोटरसाइकल हराएपछि खोजी गर्दा नभेटिएको बताए । रातीको समयमा बाक्लो हुस्से लागेकाले समेत मोटरसाइकल खोजी गर्न समस्या परेको भोक्राहा प्रहरीको भनाई छ । मोटरसाइकल हराएको विषयमा खोजी तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए ।
हराएको मोटरसाइकलमा नेपाल प्रहरी लेखिएको छ । प्रहरीको मोटरसाइलक आपराधिक प्रवृति भएका व्यक्तिले दुरुपयोग गर्न सक्ने भएकाले खोजी तिव्र पारिएको सुनसरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *