आरोप प्रमाणित भए कृष्णदास बाबालाई १० बर्ष जेल सजाय हुने !

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, पौष १३  गते।

अनुयायीलाई करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णबहादुर गिरी अर्थात कृष्णदासलाई जेल पठाउने कि छाड्ने भन्ने थुनछेक बहास आइतबार शुरु हुदैछ छ ।शुक्रबार जिल्ला अदालत सुनसरीमा गिरीको बयान सकिएकाले आजबाट थुनछेक बहस हुने छ । यदि उनी माथि लागेको अभियोग प्रमाणित भए सात देखि १० बर्ष कैदको फैसला हुने छ । अनुयायीलाइै जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका कृष्णदास भनिने कृष्णबहादुर गिरीको बयान शुक्रबार लिइएको छ ।

उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान लिइएको हो ।कृष्णदासको मुद्या सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि कृष्णदासमाथिको अदालती प्रक्रिया शुरु भएको हो ।

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ ।अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २ (९ क), २ र ३ (ङ)बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *