अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १५ गते।
त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेका प्रहरीले जनाएको छ।मंगलबार बिहान साढे ८ बजे प्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले अनलाईन न्युजपाटीलाई बतायो।उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५ ग्राम/२५ ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए।एक्स-रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला प्रहरीले जनाएको छ।