अनलाईन न्युजपाटी, काठमाडौँ समाचारदाता, साउन २५।
काठमाडौँ महानगरपालिका–१५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ठूलोभर्यालको मुख्य सडकमा ना७ख १३८१ नम्बरको ट्रकले बा४५प २७७४ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्राती मोटरसाईकल चालकको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।