तराईमा गर्मि चरम सिमा पार गर्दै

अनलाईन न्युजपाटी, बिराटनगर समाचारदाता,साउन २७ । 

विराटनगर ६ की ४८ बर्षिय गंगादेवी चौधरी आईतबार विहान अचानक वेहोस भईन् । विहान ९ बजेको समयमा घरछेउमा रहेका बारीमा खन्न गएकी थिईन् । खनेर घर आउन साथ उनी वेहोस भईन् । घरका सदस्यले उनलाई तत्काल कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गराउन लगे कोशी अञ्चल अस्पतालको आकस्मिक सेवामा भर्ना भएपछि चिकित्सकले जाँच गरेपछि पत्ता लाग्यो उनी हिट स्ट्रोक अर्थात गर्मीका कारण वेहोस भएका पत्ता लाग्यो । केही दिन यता बढेको गर्मीका कारण दैनिक गर्मीले वेहोस हुने विरामी आउने गरेको कोशी अञ्चल अस्पताल आकस्मिक सेवाका विभागिय प्रमुख डाक्टर संज्ञा ज्ञावली जानकारी दिनुभयो ।
डाक्टर ज्ञावलीका अनुसार – गर्मी बढेको छ, आकस्मिक सेवामा गर्मीले वेहोस भई अस्पतालमा भर्ना हुन आउने दैनिक ३ देखि ४ जना सम्म आउनेको छन् ।’ अस्पतालमा गर्मीका कारण टाईफाइड , भाईरल जोरो र सर्पदंसका विरामीहरु पनि बढेका छन् । दैनिकी जस्ताका विरामीहरु पनि दैनिक पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *