महानगरीय ट्राफिक भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ  समाचारदाता साउन २९ ।

महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो ।महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११:१० बजे ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।उनले  अनलाईन न्युजपाटी सँग भने, ‘घटनास्थल वरपर बोराहरु देखिएकाले त्यहीँ बस्ने व्यक्ति हुनसक्ने देखिएको छ । हामी पहिचान खुलाउने कोसिस गरिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *