अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता, साउन २९ ।
प्रदेश २ सरकारले रक्षाबन्धन पर्वको अवसरमा भोलि बिहीबार सार्वजनिक विदा दिएको छ । बुधबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले भोली बिहीबार साउन ३० गते रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो ।
प्रदेश २ सरकारले हिन्दहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण हिन्दु धर्मालबम्बीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
यस महान पर्वले प्रदेश नं. २ का मुलुकमै भाइचारा, सुख शान्ति अभिबृधिको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व रक्षाबन्धनको हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।