अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता, साउन २९ ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् । बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो । यादवलाई प्रहरीलाई दिन खोजेको १० हजार घुस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।