अनलाईन न्युजपाटी, विराटनगर समाचारदाता, साउन २९ ।
नेपाल प्रहरीको डिएसपीको पोसाक लगाएको फोटो देखाएर धाकम्की दिने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्तका अनुसार नारायण भन्ने भोला गौतम वर्ष ३८ का प्रहरीको फन्दामा परेका हुन । काभ्रे,साविक धुसिनिसिवालय गा.वि.स.वडा नं.०३ निवासी गौतमले डिएसपीको पोसाक लगाएको फोटो मोबाईलमा राखि विभिन्न व्यक्तिहरूलाई देखाई धाकधम्की दिनुको बताइएको छ । उनले सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाइलाइ हातपात तथा लछारपछार समेत गरी अभद्र व्यवहारसमेत गरेको प्रहरीले जनाएको छ ।
उनलाई अपराध महाशाखाको टोलीले बौद्ध नयाँ वस्तीबाट विहीबार पक्राउ गरेको हो ।