अनलाईन न्युजपाटी, भक्तपुर समाचारदाता, साउन २९
आर्थिक अवस्था कमजोर भएका गरिब र जेहेन्दार विद्यार्थीलाई प्रदान गर्नेगरि एक व्यक्तिले साढे चार लाखको अध्यक्षकोष स्थापना गरेका छन् ।भक्तपुरको खरिपाटीस्थित कृष्ण माध्यामिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न छात्रवृति अक्षयकोष विद्यार्थीहरुका लागि ४ लाख ३० हजारको अक्षयकोषको स्थापना गरिएको हो ।२०३२ सालमा ५ वर्षको कलिलो उमेरमा आगोले पोलेर मृत्य भएका सुमन बास्तोलाको नाममा उनका पिता दिपक बास्तोलाले अक्षयकोषको स्थापना गरेका हुन् । कृष्ण विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्यक्षकोषबाट प्राप्त व्याजबाट बार्षिक छात्रवृत्ति प्रदान गरिने कोष सञ्चालन व्यवस्थापन समितिका सदस्य समुन्द्र प्रसाद बास्तोलाले जानकारी दिए ।सुमन बास्तोला स्मृति छात्रवृति अक्षयकोषको रकम सहकारीमा जम्मा गरि उक्त रकमबाट प्राप्त हुने ब्याज आम्दानी मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ छात्रवृति प्रदान हुनेछ । विपन्न तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष व्यवस्थित रुपमा संचालन गर्न कार्यविधि तय गर्न पाँच सदस्य समिति समेत गठन गरिएको छ ।समितिमा विद्यालयका प्रध्यानाध्यापक इन्द्र प्रसाद कायस्थ, जीवन खत्री, समुन्द्र प्रसाद बास्तोला, मेघनाथ बास्तोला र प्रकाश बास्तोला रहेका छन् । समितिले विपन्न जेहेन्दार विद्यार्थीको छनौट गरी सो छात्रवृति प्रदान गर्नेछ ।