पूर्वराजदूत झा को हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता  भदौ १।

पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले पुनः सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् ।उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले अनलाईन न्युजपाटी बताए ।तामाङविरुद्ध झा पत्नी ज्ञानुले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् ।जाहेरीको आधारमा ज्यान मुद्दामा जिल्ला अदालत, काठमाडौँबाट ७ दिन म्याद थप गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए ।गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि सबै छुटेका थिए । यद्यपि, सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा उनले झुठो बोलेको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *