शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी का दुई पक्षबीच बर्दिबासमा झडप

अनलाईन न्युजपाटी,काठमाडौँ  ,समाचारदाता भदौ २४  गते।

शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच बर्दिबासमा झडप भएको छ । मंगलबार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम महोत्तरीको बर्दिबासमा राखेको थियो ।तर, माधवकुमार नेपाल पक्षले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकलौटी ढङ्गले जिल्ला कमिटी निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेपछि शपथ ग्रहण कार्यक्रम झडपमा परिणत भएको हो ।झडपमा प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउकोमा चोट लागेको छ भने अन्य केही घाइते भएको बताइएको छ ।दुई पक्षबीच अहिले पनि विवाद जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *