चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने

अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता ,असोज ४  गते ।  

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् ।सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छन् । स्रोतका अनुसार १४ अक्टोबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किनेछन् ।सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग छलफल गर्नेछ ।एक अधिकारीका अनुसार चिनियाँ पक्षले अहिले पनि राष्ट्रपतिको सुरक्षालाई बढी चासो दिएको छ । सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल मदन भण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ । स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर, लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *