अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता ,असोज ५ गते ।
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ ।शनिबार चौधरीको हृदयाघातका कारण निधन भएको हो ।राजपा ललितपुर जिल्लाको अधिवेशन सिद्धार्थ कटेज ललितपुरमा चलिरहेका बेला रोष्टममा बोल्दा बोल्दै चौधरी मञ्चमै ढलेका थिए ।उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले चौधरीलाई शनिबार दिउँसो करिब ३ बजे मृत घोषणा गरेको राजपा कार्यालयले जनाएको छ ।केन्द्रीय उपाध्यक्ष चौधरीको निधन भएपछि अधिवेशन स्थगित भएको छ । बारा जिल्ला निवासी चौधरीको दाहसंस्कार आइतबार उनकै गृहजिल्लामा हुने बताइएको छ ।