अनलाईन न्युजपाटी, दोलखा ,समाचारदाता ,असोज ५ गते ।
दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिगु गाउँपालिका–५ चिलङ्खा
घर भई सोरुङमा
व्यवसाय गरी बसेका
रमेश खड्काका चार
वर्षीय छोरा रोजन
खड्कालाई जेसिबीले ठकर दिएको
र घटनास्थलमै मृत्यु
भएको प्रहरी निरीक्षक
रमेश बोहोराले जानकारी
दिए ।
मृतक बालकको शव परीक्षणका
लागि चरिकोट ल्याइएको
र ठक्कर दिने
बा३क १२०६ नंको
जेसिबी ब्याक लोडर सिङ्गटी
प्रहरीको नियन्त्रणमा रहेका छन्
।