यौन शोषणको आरोपमा आश्रमबाटै स्वामी चिन्मयानन्द पक्राउ

अनलाईन न्युजपाटी,असोज ५ गते ।

एजेन्सी : उत्तरी भारतको प्रहरीले यौन शोषणको आरोपमा सत्ताधारी भारतीय जनता पार्टी भाजपाको सरकारका एकजना पूर्व केन्द्रीय मन्त्रीलाई पक्राउ गरेको छ।एकजना २३ वर्षीया विद्यार्थीले स्वामी चिन्मयानन्दले उनलाई एक वर्षभन्दा बढी समय उनैद्वारा सञ्चालित विश्वविद्यालयमा शोषण गरेको आरोप लगाएकी छन्। लखनउस्थित उनको आश्रमबाटै विशेष जाँच टोलीका अधिकारीहरूले स्वामी चिन्मयानन्दलाई पक्राउ गरेका थिए।उनलाई दुई साताका लागि हिरासतमा पठाइएको छ।उनको पक्षका एकजना वकिलले भने उक्त आरोपको खण्डन गरेका छन्। ती विद्यार्थीले एकजना ठूला नेताले उनलाई दुर्व्यवहार गरिरहेका छन् भन्दै एउटा भिडिओ सार्वजनिक गरेपछि सर्वोच्च अदालतले जाँचको आदेश दिएको थियो। शाहजहाँपुरस्थित एसएस ल कलेजमा पढ्ने उक्त विद्यार्थीले उनीविरुद्ध शोषण, अपहरण तथा धम्कीको आरोप लगाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *