नवौं दिनमै स्थगित गरे डाक्टर केसीले सत्रौं पटकको अनशन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २६ गते।

डडेल्धुरा पुगेर अनसन बसेका प्रा.डा. गोविन्द केसीले सत्रौं पटकको अनशन नौ दिनमा स्थगित गरेका छन्। भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि देशमा चलिरहेको आन्दोलनलाई समर्थन गरेको बताएर अनसन अन्त्य गरेका हुन्। उनको स्वास्थ्य खराब भएको भन्ने समर्थकहरुले हल्ला पिटाए पछि सरकारले के सी लाई लिन हेलिकोप्टर पठाएको थियो । आफू स्वस्थ्य रहेको बताएर के सीले हेलिकोप्टर रित्तै फर्काइ दिएका थिए । सत्रौ पटकको अनसनमा आइपुग्दा सम्म उनले हरेकपटक आफ्ना माग परिवर्तन गर्दै आएका छन् । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रस्थित लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ। यो समाचारले अरु नेपाली जस्तै म पनि स्तब्ध छु। उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा जनस्तरबाट देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई मनन् गर्दै हाल जारी सत्याग्रह स्थगन गर्ने निर्णय गरेका छौं।’ डा. केसीले ४ वर्षीया बालिकाको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसीले लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनशन स्थगित गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *