प्रदेश ५ नेकपाका सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

अनलाईन न्युजपाटी, बुटवल समाचारदाता,साउन ३१।

प्रदेश नम्बर ५ प्रदेश सभा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबार राति पेट्रोल बम प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहिका अनुसार ढकालको घरमा पेट्रोल बम प्रहार भएको हो । सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरमा प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरि राखिएको गाडिको पछाडीको भागमा क्षेती पुगेको बताए । ढकाल बिरामी परेर उपचारका लागि काठमाडौमा रहेका छन् । घरमा ढकालकि पत्नी, बाबा-आमा लगायत रहेका थिए । प्रहरीले बम प्रहार गर्ने व्यक्ती र समुहको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *